आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंकहरुले व्याजदर घटाए

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०७५



  • काठमाडौं, असार ७ । नेपाल बैंकर्स संघले पुनः व्याजदरमा सीमा तोकेको छ ।

    राष्ट्र बैंकसँगको परामर्शपछि २८ वटै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको सहमतिमा ब्याजदरमा सीमा तोकिएको जनाइएको छ ।

    यो सहमती पछि अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने र संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको जनाइएको छ ।

    यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाइने सहमति बैंकहरुबीच भएको थियो ।

    सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशतसम्म ब्याज दिन पाइनेछ । हाल १२ प्रतिशतसम्म व्याज दिदै आएका छन् ।

    यस्तै मुद्दती निक्षेपको ब्याज ३ महिनापछि मात्रै भुक्तानी गर्ने सहमती बैंकहरुबीच भएको छ ।

    यो सहमती कुनै पनि बैंकले उल्लंघन गरे कारबाही गर्ने सहमती पनि भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij