प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५
मधु पौडेल, बाँके असार ८
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० को वडा भेला शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ का लागि वडा स्तरिय योजना तर्जुमा गर्दै भेला सम्पन्न भएको हो ।
पुर्व सांसद मैकुलाल बाल्मीकीको प्रमुख आथ्यितामा भेला सम्पन्न भएको वडा सदस्य मनोज शाहीले जानकारी दिए । भेलामा बोल्दै पुर्व सांसद बामिल्कीले अबदेखि नयाँ ढङ्गले वडाका योजना छनोट गर्नुपर्ने बताए ।
देश संघियतामा गएसँगै सिहदरबारमा केन्द्रित रहेको अधिकार गाउँसम्म पुगेको भन्दै उनले योजना समेत नयाँ तरिकारले छनोट गर्नुपर्ने बताए ।
भेलामा बोल्ने स्थानीयहरुले योजना छनोट गर्दा सबैलाई समेट्ने गरी काम गर्नुपर्ने बताएका थिए । उनीहरुले वडाभित्र सबै स्थानमा ग्राविलसहितको बाटो पु¥याउनुपर्नेमा जोड दिए ।
वडा अध्यक्ष विन्दुभुषण बस्नेतले गत बर्ष वडामा भएका कामहरुका बारेमा जानकारी गराउदै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले वडा बासीहरुको माग अनुसार नै योजना छनोट गरिने बताए ।
सहभागीहरुले आगामी दिनमा उक्त वडाको समग्र बिकासका लागि गर्नुपर्ने कामका बारेमा बिभिन्न सुझावहरु समेत दिएका थिए । भेलामा स्थानीय जनप्रतिनिधी, विभिन्न राजनितिक प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानीयबासी लगायतले आफ्नो भनाई राखेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij