आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“मुसहरको विकासका लागि सरकार प्रतिबद्ध “- मुख्यमन्त्री राउत

  • प्रकाशित मिति : सोमवार, असार ११, २०७५



  • महेन्द्रनगर, धनुषा, १० असार (रासस)ः मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबैभन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि थुप्रै योजना ल्याएको बताउनुभयो ।

    मुसहर समुदाय पछाडि पर्नुमा अशिक्षा नै प्रमुख कारक रहेको बताउँदै उहाँले बालबालिकाको शिक्षामा जोड दिन अगुवालाई आग्रहसमेत गर्नुभयो । अधिकार खोजेर मात्र नपाइने बताउँदै उहाँले अधिकारका लागि पहिले आफैँ शिक्षित र सजग हुनुपर्ने उल्लेख गर्नुभयो ।

    नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भन्नुभयो, “मुसहर डोमजस्ता समुदायसँग धेरै समस्या छन् । समस्या हामी कहाँ ल्याउनु, प्रदेश सरकार भ्याएसम्म सहयोग गर्न तयार छ ।”

    शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता समस्या समाधानका लागि प्रदेश सरकारले विशेष प्याकेज नै ल्याएको उल्लेख गर्दै उहाँले ती योजनाबाट लाभ लिन आग्रहसमेत गर्नुभयो । भोर संस्थाको मूल आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रामआशिष यादव, पूर्वसभासद असर्फी सदा, राष्ट्रिय भूमि मुसहर विकास परिषद्, भारतका अध्यक्ष उमेश माझी, गजेन्द्र माझी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रसहितको उपस्थिति थियो ।

    सम्मेलनमा नेपाल–भारत र बंगलादेशका करीब २०० मुसहर समुदायका अगुवा सहभागी भएका थिए ।

    अस्थायी शिक्षकको समस्या समाधान हुनुपर्ने

    यसैबीच, मुख्यमन्त्री राउतले अस्थायी शिक्षकको समस्या समयमै समाधान हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।

    मुख्यमन्त्री राउतले अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै लामो समयसम्म मुलुकको सेवा गरेका अस्थायी शिक्षकसँग कुनै पनि ढंगले अन्याय हुनु नपर्ने बताउनुभयो ।

    शिक्षक आयोगले असार २९ र ३० गते निर्धारण गरेको परीक्षाको तिथि सार्नुपर्ने शिक्षकको मागलाई संघीय सरकारले सम्बोधन गर्नुपर्ने पक्षमा आफू रहेको उहाँको धारणा थियो ।

    असार ६ गते सूचना प्रकाशन गरेर असार २९ र ३० गते परीक्षा लिनु न्यायपूर्ण नरहेको भन्दै उहाँले यस विषयमा संघीय सरकार, शिक्षा मन्त्रालय र आयोगसँग आफूले कुरा गर्नेसमेत बताउनुभयो ।

    आन्दोलन परिचालन समितिका संयोजक बिन्दादास थारुको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेका अस्थायी शिक्षकले संघीय सरकारबाट आफूहरुको माग पूरा नभए कडा आन्दोनल गर्ने चेतावनीसमेत दिएका छन् । अस्थायी शिक्षक परीक्षाको मिति सार्न माग गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij