बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जिल्ला सेवा केन्द्रको नव भवनको उद्घाटन

  • प्रकाशित मिति : सोमवार, असार ११, २०७५



  • मधु पौडेल बाँके, असार ११

    बर्दिया जिल्ला गुलरियामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्माण भएको जिल्ला सेवा केन्द्रको नव भवनको आज सोमबार एक कार्यक्रम गरी उद्घाटन गरीएको छ ।

    एक करोड पच्चिस लाख अठार हजार पाँच सय छैसठ्ठीको लगानीमा सम्पन्न उक्त भवनको उद्घाटन महिला बाल वालिका तथा जेष्ठ नागरीक मंन्त्री थममाया थापाले गरेकी हुन ।

    प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंंजको आर्थिक सहायोगमा निर्मार्ण गरीएको उक्त सात कोठे भवन असाय महिला तथा बालबालिका लागि सहयोग हुने बताइएको छ ।

    म्हिला तथा बालबालिका कार्यलय गुलरिया बर्दियाको आयोजनामा गरीएको भवन उद्घाटन कार्यक्रममा प्लान इन्टरनेशलन नेपालका निर्देशक स्भेन कोपसले भवनको सम्पुर्ण अधिकार हुने गरी स्थानिय प्रशासनलाई हस्तारण गरेका थिए ।

    कार्यक्रममा बोल्दै मंत्री थममाया थापाले नेपालमा प्रजातन्त्र गणतन्त्र आए पनि महिला तथा बालबालिकाको अधिकार अझै स्थापित नभै सकेको अवस्थामा गुलरियामा महिला बालबालिकाको सहयोगार्थ भवन निमार्ण भएकोमा महिला बालबालिकाको क्षेत्रमा काम गर्नेका लागि अझै बल पुगेको बताइन ।

    मंत्री थापाले भनिन,देशमा गणतन्त्र आइसकेपछि पनि समाजमा सामन्ती चिन्तन बाकी रहेको हुदाँ महिला बालबालिका माथिको हिंसा अझै रोक्न सकीएको छैन,अझै पनि महिलालाई दोस्रो दर्जामा राख्ने चलनको अबशेष अझै बाकी छ ।” उनले अगाडि भनिन,महिलाहरुको अधिकारमा महसुस गराउनका लागि सरकारले सामाजिक विभेद अन्तका लागि ठोस कार्यक्रम ल्याउनु पर्दछ ,।”

    जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष शंकर बहादुर थारुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समिति बर्दियाका अध्यक्ष राम बहादुर कुरुङगबाङग,नेपाल कम्निष्ट पार्टी बार्दियाका प्रतिनिधि हरी ज्ञवाली ,नेपाली कांग्रस बार्दियाका प्रतिनिधि कैलाशनाथ अधिकारी ,प्लान इन्टर नेशनल नेपालका केन्द्रिय निर्देशक स्भेन कोपेन्स,बासगढि नगरपालिका प्रमुख शालिकराम अधिकारी लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

    जिल्ला बाल कल्या समिति बर्दियाकी सदस्य लक्ष्मी नेपालले सहजीकरण गरेको कार्यक्रममा राधा कृष्ण जनसेवा केन्द्र बर्दियाका दिनेश कुमार श्रेष्ठले नवनिर्मित भवनका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।


    जिल्ला बाल कल्याण समिति बर्दिया सदस्य

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij