आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लागूऔषधसहित चारजना पक्राउ

  • प्रकाशित मिति : बुधबार, असार १३, २०७५



  • नवलपरासी, १३ असार (रासस) – पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

    प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

    पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ का २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका–१० का २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती–१३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन् ।

    उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजेपाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागूऔषध बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

    उनीहरुको साथबाट प्रहरीले छ थान मोबाइल, रु ११ हजार ५०० नगद, उनीहरुले प्रयोग गरेको लु १५ प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij