बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जिपको ठक्करबाट किशोरीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार १३, २०७५



  • रामपुर, पाल्पा, १३ असार (रासस) – रैनादेवी छहरा गाउँपालिका–४ अमलावासमा बोलेरो जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

    जिपको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी १४ वर्षीय विपना काफ्लेको मृत्यु भएको हो । विद्यालयबाट घर फर्कदै गरेकी उनलाई सडक पार गर्ने क्रममा छहराबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु १ प ७७६२ नंको जिपले ठक्कर दिएको थियो ।

    जिपको ठक्करबाट गम्भीर घाइते बनेकी बालिकाको उपचारका क्रममा जिल्ला अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij