आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकीकृत कृषि बजारका सम्भावनाबारे छलफल

  • प्रकाशित मिति : आइतवार, असार १७, २०७५



  • बुटवल, १७ असार (रासस) – रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ ।

    यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन आफूहरु तयार रहेको बताएका छन् ।

    बुटवल उप–महानगरपालिकामा शनिबार भएको छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को सहभागिता रहेको कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अव्यवस्थित र साँघुरा बजारलाई विस्तार गरेर आधुनिक बनाउने गरी एकीकृत कृषि बजारको परिकल्पना गरिएको बताउनुभयो ।

    बुटवल उप–महानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । यहाँ बुटवलको २० र सैनामैनाको पाँच बिगाह जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको हो । अहिले यहीँ जग्गामा अध्ययन भइरहेको छ ।

    कार्यक्रममा मन्त्री खनालले रुपन्देहीमा सम्भावना धेरै रहेको भन्दै सरकारले निजी र सहकारीको सहकार्यमा परियोजना अगाडि बढाउने गरी योजना बनाइरहेको बताउनुभयो । उहाँले मुलुककै नमूना फार्मका रूपमा पहिलो चरणमा रुपन्देहीबाट परियोजनाका काम अगाडि बढाउन लागिएको पनि जानकारी गराउनुभयो ।

    अहिले अगाडि बढाइएको परियोजनामा यो वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण कार्य नै शुरु हुनेछ । बुटवलमा निर्माण प्रस्ताव गरिएको प्रदेशस्तरको केन्द्रका लागि अहिलेलाई करीब रु दुई अर्ब बराबरको लगानी अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij