आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : आइतवार, असार १७, २०७५



  • भीमदत्तनगर, १७ असार (रासस) – कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज करेन्ट लागेर एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    भीमदत्तनगरपालिका–३ मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।

    सोही क्रममा देखतभुलीका जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका–६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका बालकृष्ण चौधरी घाइते भएका छन् । शिवराजलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij