आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गैंडाको स्वास्थ्य परीक्षण हुँदै

  • प्रकाशित मिति : आइतवार, असार १७, २०७५



  • रत्ननगर, चितवन १७ असार ९रासस०- सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ ।

    यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आउनुभएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले गैंडाको अन्तिम स्वास्थ्य परीक्षण थालेको हो ।

    नेपाली भेटेरिनरी चिकित्सक डा कमल गैंरे, डा अमिर षडौला, भेटेरिनरी प्रविधिज्ञ पुरुषोत्तम पाण्डे र किरण रिजालसहित वाङ्गको टोलीले गैंडाको स्वास्थ्य परीक्षण गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अन्य आठ वन्यजन्तु प्रविधिज्ञ गैंडाको रेखरेखमा खटिएका छन् । यसअघि गैंडाको अवस्था बुझ्न यही असार १३ गते चीनबाट आएको विज्ञ टोली असार १६ गते फर्किसकेको छ ।

    चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा ९सानो खोर०मा राखिएको दुई जोडी गैंडामा मुख्य गरी खोरेत, क्षयरोग र ब्लूटङ्ग ९नीलो जिब्रा हुने समस्या० लगायत रोगको परीक्षण भइरहेको स्वास्थ्य परीक्षणमा सहभागी डा अमिर षडौलाले जानकारी दिनुभयो । नमूना संकलन गरेर त्यसको प्रयोगशाला परीक्षण गरिने छ ।

    विगतदेखि नै गैंडाको स्वास्थ्य अवस्थाको अध्ययन गर्दै आउनुभएका डा कमल गैरेले भने अहिलेसम्म सबै गैंडा तन्दुरुस्त रहेको प्रतिक्रिया दिनुभयो ।

    पहिलो चरणमा यही असार २८ गते चीन पठाउने तयारी गरिएको एक जोडी गैंडामध्ये भाले गैंडाको नाम ‘भद्र’ र पोथी गैंडाको नाम ‘रुपसी’ राखिएको छ ।

    गएको वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ । अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij