आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाडी दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

  • प्रकाशित मिति : सोमवार, असार १८, २०७५



  • रुकुम, १८ असार (रासस)- रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उहाँकी आमा ३६ वर्षीया माया पुन, वडा नं ८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही ठाउँका २१ वर्षीय क्षतिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरापालिका–१० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान सारदा नगरपालिका–१ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३ मैकोटका २५ वर्षीय करण बुढा, सोही ठाउँका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, वडा नं १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उहाँका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

    घाइतेमध्ये तीन जना सृष्टी पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

    उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij