आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रवासीद्वारा विद्यालय निर्माण

  • प्रकाशित मिति : सोमवार, असार १८, २०७५



  • बागलुङ, १८ असार (रासस)- बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ ।

    गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन बनेको हो । रु २५ लाखको लागतमा निर्मित चार कोठे पक्की भवनको आइतबार गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले उद्घाटन गर्नुभयो ।

    उद्घाटनपछि उक्त भवन समाजका तर्फबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन निर्माण गरिएको समाजका अध्यक्ष थापाले बताउनुभयो । अंग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा गरिएको सांगीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय बनाउन खर्च गरिएको उहाँको भनाइ छ ।

    भवन नभएपछि बालबालिकाले खुला चौरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले गत वर्षको असारदेखि भवन निर्माण शुरु गरेको थियो । भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण गरेर समाजले प्रशसंनीय कार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद गौतमले बताउनुभयो ।
    समाजले बागलुङ जिल्लाका केही स्वास्थ्य संस्थालाई एम्बुलेन्सलगायतका महँगा स्वास्थ्य उपकरणसमेत सहयोग गरेको छ । शैक्षिक क्षेत्र, प्राकृतिक प्रकोपका बेलासमेत आर्थिकलगायतका विभिन्नखाले सहयोगमा समाज सक्रिय छ । गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमै समेत क्रियाशील छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij