आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गरिबी निवारणका लागि रु दश करोड लगानी

  • प्रकाशित मिति : बिहिबार, असार २१, २०७५



  • नुवाकोट, २१ असार (रासस)- गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ ।

    विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत रु नौ करोड ३६ लाख ९९ हजार लगानी भएको कोषको नुवाकोट एकाइ संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो ।

    तामाङका अनुसार विभिन्न चारवटा सामाजिक संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रमले १७१ सामुदायिक संस्था निर्माण गरी रु छ करोड १२ लाख ५२ हजार लगानी गरी घुम्ती कोष सञ्चालन गर्दै आएको छ । लगानीको ब्याजसहित कोषमा हाल रु १० करोड पुग्न लागेको हो ।

    “संस्थामा आबद्ध भएका चार हजार ७६६ जना सदस्यलाई गरिबीबाट उन्मूलन गरी आर्थिकरुपमा समृद्ध बनाउन लगानी प्रभावकारी देखिएको छ ।” उहाँले भन्नुभयो, “गरिबी निवारणको चरणअन्तर्गत न्यूनीकरणमा समेत उल्लेखनीय प्रगति हासिल गरेका छौँ ।”

    प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम गत चैत महिनादेखि सम्पन्न भएको र समय थप नहुँदा नयाँ कार्यक्रमको स्वरुप भने अन्योल छ । राष्ट्र नै गरीब रहेको अवस्थामा धेरै नेपाली गरिब रहे पनि त्यसको मापनको अवस्था नहुँदा अब आर्थिकरुपमा सचेतनाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अब स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन भएमा प्रभावकारी हुने तामाङले बताउनुभयो ।

    सरकारले लगानी गरेको रकम अहिले सम्बन्धित सामुदायिक संस्थामार्फत घुम्ती कोषको रुपमा सञ्चालनमा छन् । कोषलाई परिवर्तित स्वरुप र शैलीमा सञ्चालन गर्ने भनिए पनि अझै निर्णय नहँुदा सरकारको लगानी जोखिम र दुरुपयोगको खतरा देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij