आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकताबद्ध भएर अघि बढौँ ः महामन्त्री कोइराला

  • प्रकाशित मिति : बुधबार, असार २७, २०७५



  • काठमाडौँ, २६ असार (रासस)- नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

    शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै महामन्त्री कोइरालाले काँग्रेस अप्ठारो स्थितिमा रहेकाले सबैलाई एकताबद्ध हुन आग्रह गनुभएको हो ।

    पुस्तकबारे उहाँले भन्नुभयो, ‘‘उमा दिदीलाई बिर्सदा कोइराला परिवार पूर्ण हँुदैँन, उहाँ हाम्रो परिवारको सदस्य हुनुहुन्थ्यो ।”

    विराटनगरस्थित कोइराला निवास उमा दिदीबिना अधुरो भएको भन्दै उहाँले आमाले जस्तै हेरचाह गर्ने अभिभावक गुमाएको बताउनुभयो ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिमा नैतिकता आवश्यक भएको उल्लेख गर्दै वर्तमान सरकारमा नैतिकताको कमी भएको टिप्पणी गर्नुभयो । डा कोइरालाले उमा दिदीबाट नैतिकता र प्रतिबद्धता सिक्न सकिने भन्दै उहाँको संर्घषले जीवन हरेस खान नहुने प्रेरणा लिन सकिने बताउनुभयो ।

    पुस्तकका लेखक तथा शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहाल ‘बिकेडी’ले प्रजातन्त्र सेनानी उमा शर्माले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष बाहिर नआउँदा धेरैलाई उहाँबारे जानकारी नभएको उल्लेख गर्नुभयो ।

    विसं १९९६ मा ललितपुरमा जन्मिनुभएकी उमा शर्माको पुरा नाम उमालक्ष्मीदेवी शर्मा हो । उहाँको क्यान्सरका कारण २०७३ सालमा निधन भएको थियो । उहाँले विराटनगरस्थित कोइराला निवासमा बसेर डा शेखर कोइराला, डा शशांक कोइरालालगायतलाई हुर्काउनुभएको थियो भने प्रजातन्त्र प्राप्तिको आन्दोलनमा तीन वर्ष जेल जीवन बिताउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij