आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्री खनाललाई दुई मन्त्रालयको जिम्मेवारी

  • प्रकाशित मिति : मङ्लबार, साउन १५, २०७५



  • काठमाडौं,  । कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन तथा संरचना सरकारले स्वीकृत गरेको छ ।

    सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गर्दै दुवै मन्त्रालयको जिम्मेवारी तत्काललाई मन्त्री चक्रपाणि खनाललाई दिने निर्णयसमेत गरेको हो ।

    बैठकले विभिन्न १७ ओटा विधेयक मन्त्रिपरिषदको विभिन्न समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

    यस्तै, नेपाल–भारत वाणिज्य सन्धिको पहिलो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुको नेतृत्वमा ८ सदस्यीय टोली पठाउने र सो सम्बन्धमा हस्ताक्षर गर्ने अख्तियारी पनि सैंजुलाई दिने निर्णय पनि बैठकले गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

    184 Shares
    Share
    Tweet
    Pin
    Share
    इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij