आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घटेन हाटबजारको मोह, राजश्व उठ्ने भएकाले प्रवर्द्धन गर्ने सोचमा जनप्रतिनिधि

  • प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५



  • धनकुटा, भदौ १ । धेरै पहिले गाउँघरबाट सुरु भएको हाटबजार धेरै ठाउँमा हटे पनि धनकुटामा भने यसको प्रभाव उत्तिकै देखिएको छ ।

    वस्तु विनिमय प्रथा अन्त्य भई ठूला ठूला बजारको विकास भए पनि धनकुटामा भने हाटबजारको मोह उत्तिकै देखिएको छ ।

    पछिल्लो समय धेरै ठाउँका हाटबजारलाई बजारले विस्थापित गर्दै गएको छ । हाटबजार बजारको पहुँचभन्दा टाढा परेकालाई स्थानीयस्तरमै दैनिक आवश्यक सामग्री उपलब्ध गराउने एउटा माध्यम हो । वस्तुविनिमय प्रथालाई सहज गराउने उद्देश्यले सदियौँदेखि नै हाटबजारको प्रचलन बढ्दै गएको हो ।

    अरु ठाउँमा हाटबजारहरु विस्तारै घट्दै गए पनि धनकुटामा भने अवस्था त्यस्तो छैन । दैनिक उपभोग्य सामानदेखि कपडा, जुत्ता–चप्पल, श्रृंगारिक सामान स्थानीय हाटबजारमै पाइने भएकोले यसको लोकप्रियता कायमै रहेको सहिदभूमि गाउँपालिकाका स्थानीय मातृका राईको भनाइ छ ।

    हाटबजारको महत्व त्यत्तिमा मात्रै सीमित छैन । वर्षौदेखि छुट्टिएर सहरतिर गएका र गाउँमा बस्नेहरुको भेट गराउने स्थल पनि हाटबजार हो । स्थानीय रुपमा उत्पादित सामग्रीले सहज रुपमै बजार पाउने भएकोले स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा हाटबजारले सहयोग गरिरहेको आँखिसल्लाका कमलबहादुर परियार बताउँछन् ।

    अहिले धनकुटा सदरमुकाम, हिले, छिन्ताङ्ग, सिदुवा, आखिसल्ला, काजिमाने फलामेटार सहित जिल्लाका दुई दर्जनभन्दा बढी स्थानमा साप्ताहिक हाटबजार लाग्ने गर्छ । यस्ता हाटबजारबाट राजस्व उठ्ने भएकोले जनप्रतिनिधि पनि यस्ता हाटबजार प्रवर्द्धन गर्ने सोचमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij