आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फौजदारी संहितामा संशोधन र सुधार आवश्यक : कांग्रेस

  • प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५



  • काठमाडौं, भदौ ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रेस र संगठित स्वतन्त्रतालाई प्रभावित पार्नसक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकको पेसागत मर्यादा एवं राज्यको प्रहरी प्रशासनलाई अपराध, अनुसन्धानमा पर्नसक्ने असर र पेसा, व्यवसायको स्वतन्त्रतालाई प्रभावित गर्ने उक्त संहिताको प्रावधानका सम्बन्धमा पनि पार्टीको ध्यानाकर्षण भएको बताए ।

    उनले सरोकार भएका पक्षसँगको संवादमार्फत् उक्त संहितामा संशोधन र सुधार गर्दै जानुपर्छ भन्ने कांग्रेसको धारणा रहेको जानकारी दिए ।

    यही भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिता ऐन नेपालको आधुनिक राज्य व्यवस्थाका लागि महत्वपूर्ण ऐतिहासिक दस्तावेज भएको उनको भनाइ थियो ।

    प्रवक्ता शर्माले भने–‘पौने दुई सय वर्ष पुरानो मुलुकी ऐनलाई बद्लिएको समाजअनुकूल परिमार्जन गर्न कांग्रेसले गरेको नेतृत्व हाम्रा लागि गौरवपूर्ण छ । तर, अभ्यासमा आउनुपूर्व नै अनुभूत भइसकेका केही कमजोर प्रावधानलाई आवश्यक संशोधन गरेरमात्रै अघि बढ्ने सम्बन्धमा गम्भीर त्रुटि भएको हाम्रो ठहर छ ।’

    कांग्रेसले बजार मूल्य र स्थानीय तहमा वृद्धि गरिएको करले नागरिकलाई झनै ढाड सेक्ने अवस्था बनेको जनाउँदै ‘जिम्मेवार नागरिकले कर तिर्नुपर्छ भन्ने सैद्धान्तिक कुरा गरिरहँदा त्यो कर न्यायोचित हुनुपर्छ भन्ने व्यावहारिक पक्ष बिर्सन नमिल्ने’ बताएको छ ।

    कांग्रेसले यसबारेमा तत्कालै उचित समाधानको पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।

    कांग्रेसले पार्टीका तर्फबाट विजयी देशभरिका नगरप्रमुख र उपप्रमुखसँग केन्द्रीय कार्यालयमा यही भदौ ११ गते ‘प्रशिक्षणात्मक अन्तरक्रिया’ गर्ने भएको छ ।

    फरक प्रसंगमा प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ६ महिना पूरा हुँदा पनि उल्लेखनीय कार्य गर्न नसकेको भनी टिप्पणी गरे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij