आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सभापतिले कुरै सुन्न छाड्नुभयो : शशांक

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५



  • बिराटनगर । कांग्रेस महामन्त्री शशांक कोइरालाले पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफ्ना कुरा सुन्न छाडेको बताएका छन् ।

    पार्टीलाई एक बनाएर अघि बढाउनका लागि आफूले सभापतिलाई साथ दिए पनि अब आजित भइसकेको उनले बताए ।

    प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘मेरै कुरा पनि सुन्न छाड्नुभयो, महासमिति बैठक बोलाउनुस् भनेर पटक–पटक भनें तर मान्नुभएन ।

    ‘विधान मस्यौदा समितिका लागि नाम दिनुस् भनेर देउवाजी र रामचन्द्रजी दुवै जनालाई धेरैपटक भनें, अहिलेसम्म दिनुभएको छैन ।’

    सभापति देउवाको साथ दिँदा धेरैले देउवाको मान्छे भनेको गुनासो गर्दै उनले भने, ‘म न देउवाको मान्छे हुँ, न त पौडेलको ।’ आफ्नो लक्ष्य कसैको मान्छे बन्ने भन्दा पनि पार्टीलाई एक बनाउने रहेको उनको भनाइ थियो ।

    ‘एमाले र माओवादी मिलेर एक हुन सक्छन् भने एउटै पार्टीका नेता किन एक हुन सक्दैनन् रु हेर्दै जानुहोस् म यो पार्टीलाई एक बनाउँछु ।’

    उनले अहिलेकै तालले भदौमा महासमिति बैठक बस्न नसक्ने बताए । ‘भदौमा किन बस्दैन भन्ने प्रश्नको उत्तर म दिन सक्दिनँ तर असोज पहिलो साताभित्र भने पक्कै बस्छ,’ उनले भने ।

    कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला भने सभापति देउवाप्रति निकै आक्रोशित देखिए । ‘मलाई त सभापतिको वार्निङ भइसकेको छ,’ उनले भने, ‘तर म सत्य कुरा बोल्न छाडदिनँ । म्याक्सिमम के गर्नु हुन्छ, पार्टीबाट निकाल्नु हुन्छ रु निकाल्नुहोस्, मलाई डर छैन ।’

    पार्टी गुट–उपगुटका कारण होइन, गिरोहका कारण लथालिंग भएको उनको भनाइ थियो ।

    भदौभित्र महासमिति बैठक सम्पन्न नभए देउवाको नेतृत्व विफल भएको ठहरिने उनले बताए । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij