प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५
भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार मानसरोवर यात्रामा निस्केका छन्।
उनी भर्खरै चाइना साउथर्न एयरबाट ल्हासा हुँदै मानसरोवर यात्रामा निस्किएका बताइएको छ।
उनको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ।
उनी शुक्रबारमात्रै काठमाडौं आइपुगेका हुन्।
१२ देखि १५ दिनसम्म लाग्ने कैलाश मानसरोवर यात्राको रूटको विस्तृत विवरण सुरक्षाका कारण सार्वजनिक नगरिएको कंग्रेसका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij