प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५

काठमाडौं । परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ ।
संसदमा मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी विधेयक पारित भएमा जागिर नभएकालाई सरकारले क्षमताअनुसार काम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ ।
संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाह भत्ता दिने ब्यवस्था गरिएको हो
तर, कसैले पनि झुठो विवरण पेश गरेर भत्ता लिन भने पाइने छैन् । कुनै पनि ब्यक्ति बेरोजगार बस्नु परेमा रोजगार केन्द्रमा नाम लेखाउनु पर्नेछ ।
सूचीकृत भएका बेरोजगार ब्यक्तिलाई सकेसम्म काम नसके पनि मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको सय दिन बराबरको रकमको ५० प्रतिशत रकम दिनेगरी विधेयक मस्यौदामा व्यवस्था गरिएको छ । विधेयक संसदमा दर्ता भएर छलफलको क्रममा छ ।
सांसदबीच छलफल हुँदै गरेको विधेयकमा एक परिवारमा कोही पनि जागिरे नभएमा निर्वाह भत्ता दिनेगरी व्यवस्था गरिएको हो । -नागरिक दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij