आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विकास तथा प्रविधि समितिद्वारा सात सदस्यीय उपसमिति गठन

  • प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५



  • काठमाडौं, भदौ २१ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथि अध्ययन गरी आवश्यक सुझाव दिन सात सदस्यीय उपसमिति गठन गरेको हो ।

    उपसमितिले अध्ययन गरी तयार पारेको सुझावका आधारमा समितिले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गरी प्रतिनिधिसभामा पठाउने भएको छ ।

    बैठकमा समितिका सदस्यहरुले सबै नागरिकको आवास पाउने अधिकार सुनिश्चित हुनेगरी कानुनी व्यवस्था गर्न विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

    बैठकमा समितिका सदस्य झलनाथ खनालले विधेयक महत्वपूर्ण भएकाले यसको गहन अध्ययन गरेर आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

    विधेयकमा आवासविहीन नागरिकलाई आवासको सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij