आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“पुसदेखि नेपालको नदीमा पानीजहाज चल्छ “- प्रधानमन्त्री

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०७५



  • काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्म काठमाडौं उपत्यकाभित्रका बिग्रिएको बाटोको मर्मत गर्न नसकिने बताएका छन् ।

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश अक्षयकोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भत्किएको बाटो मर्मत गर्न अझै ६ महिना लाग्ने बताए ।

    मेलम्चीको काम सम्पन्न भएर उपत्यकामा पानी आएको दुई वर्षभित्र सबै बाटोको स्तरोन्नति गरिने उनको दाबी थियो ।

    प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि तराईका कुनै पनि बस्ती डुबानमा नपर्ने भन्दै सुरक्षित बस्ती कसरी बसाउने भन्नेतर्फ सरकारको ध्यानकेन्द्रित भएको बताए ।

    प्रधानमन्त्री ओलीले आगामी असोज १ गतेबाट नेपाल र भारतको संयुक्त टोलीले नदीको बाटो हुँदै कोलकाता जाने रुटको सर्वेक्षण गर्न भन्दै आगामी वर्षको पुसबाट नेपालका नदीहरुमा पानीजहाज चलाउने जिकिर गरे ।

    कार्यक्रममा ओली वंश प्रधानमन्त्री ओली, उनका बुबा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन पनि गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij