आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने बेला आयो “- मुख्यमन्त्री पोखरेल

  • प्रकाशित मिति : बुधबार, अशोज ३, २०७५



  • बुटवल, असोज ३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अधिकारमुखी आन्दोलन छाडेर समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने बेला आएको बताएका छन् ।

    बुटवलमा भएको प्रदेशस्तरीय संविधान दिवस समारोहलाई बुधबार सम्बोधन गर्दै उनले नयाँ संविधानपछि मुलुक राजनीतिक दुष्चक्रबाट बाहिर आएको बताए । संविधान अनुसार तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको व्यवहारिक कार्यान्वयन शुरु भएको उनको भनाइ थियो ।

    उनले प्रदेश सरकार योजनाबद्ध विकास गर्ने कोशिसमा रहेको बताए । उनले यो बर्ष प्रदेशको आवधिक योजना तर्जुमा गर्ने र आवश्यक कानुनहरु निर्माण गर्ने बर्षको रुपमा अघि बढाउने बताए ।

    मुख्यमन्त्री पोखरेलले संविधानले सोही बाटोतर्फ अघि बढ्न निर्देश गरेको भन्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्दै अघि बढ्ने प्रण गरे ।

    प्रदेश सरकारको आयोजना तथा बुटवल उपमहानगरको समन्वयमा भएको संविधान दिवस मूल समारोह अघि बुटवलमा र्‍याली निकालिएको थियो । मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय दरबार मार्गबाट शुरु भएको प्रभातफेरीले बुटवल नगर परिक्रमा गरेको थियो ।

    प्रभातफेरीमा प्रदेश ५ का प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्थ कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी तथा बुटवल उपमहानगरसहितका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए । प्रभातफेरी पश्चात बुटवल बहुमुखी क्याम्पसमा विशेष समारोह आयोजना गरिएको थियो ।

    संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ । दिवसको अवसरमा मंगलबार साँझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij