आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लगानीको वातावरण बनाउनुपर्नेमा जोड

  • प्रकाशित मिति : बिहिबार, अशोज ४, २०७५



  • काठमाडौं, असोज ३ । आफ्नो संविधान आफैं लेख्ने करिब सात दशकको नेपालीको सपना साकार भएर संविधान आएको पनि तीन वर्ष पूरा भएको छ ।

    नयाँ संविधान जारी भएसँगै राजनीतिक संक्रमणकालको अन्त्य भइ मुलुक आर्थिक विकासमा अगाडि बढ्ने विश्वास लिइएको थियो । नयाँ संविधानलाई निजी क्षेत्रले हार्दिक स्वागत गरेको थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत संघ–संस्था सबै उत्साहित भएका थिए ।

    ऐतिहासिक जनआन्दोलनबाट मुलुकले हासिल गरेको राजनीतिक सफलतालाई संस्थागत गर्ने कार्यमा नयाँ संविधान कोसेढुंगा हुने ठहर निजी क्षेत्रको थियो ।

    संक्रमणकालको अन्त्यसँगै मुलुक अब शान्ति, समृद्धि र विकासको मार्गतर्फ लम्कने विश्वासमा निजी क्षेत्र थिए ।

    नयाँ संविधानसँगै मुलुक संघीयतामा गएको छ । तीन तहका निर्वाचन सम्पन्न भए ।

    निर्वाचनपश्चात् वाम गठबन्धनको दुईतिहाइ बहुमतको सरकार बनेसँगै निजी क्षेत्र थप उत्साहित बन्यो, स्थीरता र मुलुक समृद्धितर्फ लाग्ने आशामा ।

    तर, पछिल्लो समय दोहोरो कर, नयाँ कानुन, शान्ति–सुरक्षाका प्रश्नले निजी क्षेत्रको उत्साह र अपेक्षामा केही ह्रास आउन पुगेको विश्लेषण छ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको ।

    संघीयता कार्यान्वयनकाक्रममा देखिएका चुनौती सम्बोधन गरी लगानीको वातावरण निर्माणमा सरकार र दल लाग्नुपर्नेमा श्रेष्ठको आग्रह छ ।

    अबको एकसूत्रीय एजेन्डा आर्थिक समृद्धि हुनुपर्नेमा निजी क्षेत्रले जोड दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij