आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१ किलो सुन ‘पास’ गराएबापत ५० हजार कमाइ

  • प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५



  • काठमाडौं प्रहरीले तस्करीको तीन किलोग्राम सुन समातेको छ।

    रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।

    पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका -१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन्।

    उनीहरू दुवैले रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्दै आएको प्रहरीको अनुसन्धानको क्रममा खुल्न आएको छ।

    उनीहरूले १ किलो सुन ‘पास’ गराएबापत ५० हजार लिने गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो।

    उनीहरूले २ महिनामा २ पल्ट गरी ३ किलो सुन ल्याइसकेको प्रहरीले जनाएको छ।

    सुन व्यापारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    नेपाल सुनचाँदी व्यवसायी संघमार्फत् परीक्षण गराउँदा १ करोड ५० लाख बराबरको सुन प्रमाणित भएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो।

    भन्सार ऐनअन्तर्गत उनीहरूलाई १ करोडदेखि ५ करोडसम्मको विगोमा १ वर्षदेखि ३ वर्षसम्मको कैद सजाय हुनेछ।

    भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij