आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपाभित्र असन्तुष्टि बढ्दै, तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग

  • प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०७५



  • काठमाडौं, असोज १२ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि बढ्दै गएको छ । सरकारका काम र पार्टी सन्चालनप्रति नेकपाभित्र असन्तुष्टि बढेको हो ।

    यसैक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार राजधानीमा स्थायी कमिटीका सदस्यहरुको भेला नै बोलाएर तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् ।

    उनले सरकारले गरिरहेको कामको समीक्षा र पार्टी एकीकरण प्रक्रियालाई कार्यकर्ताको भावनाअनुसार अघि बढाउने विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाउन माग गरेका हुन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणका गएका बेला वरिष्ठ नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई बोलाएर सरकारले गरेका कामको आलोचनासमेत गरे ।

    काठमाडौंको एक होटलमा गरिएको सो भेलामा स्थायी कमिटीका सदस्यहरुले पनि सरकार र पार्टी सन्चालनप्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

    वरिष्ठ नेता नेपालले चियापानका लागि भन्दै नेकपाका स्थायी कमिटीका सदस्यहरुलाई बोलाएर सरकार र पार्टी सन्चालन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

    भेलामा सहभागी नेकपाका नेता योगेश भट्टराई र घनश्याम भुसालले समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

    उनीहरुले वरिष्ठ नेता नेपालले सरकार सन्चालन र पार्टी एकीकरणको अवस्थाकाबारेमा राय–सुझावसमेत माग गरेको जानकारी दिए ।

    त्यसक्रममा स्थायी कमिटीका सदस्यहरुले कार्यकर्ताको भावनाअनुसार पार्टीका तल्लो तहका कमिटीहरुको एकीकरण गर्न, पार्टीमा पुर्‍याएको योगदानको कदर गर्नलगायतका सुझाव दिए ।

    नेकपाका अध्यक्षहरू ओली र दाहाल देशबाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्णरूपमा हेरिएको छ । दुवै अध्यक्षबाहिर गएपनि कसैलाई कार्यवाहक जिम्मेवारी दिइएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij