मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्ने

  • प्रकाशित मिति : सोमवार, अशोज १५, २०७५



  • काठमाडौं । बंगलादेशमा जारी अण्डर नाईन्टिन एसिया कप क्रिकेटमा आज नेपालले अफ्गानिस्तानसँग खेल्दैछ ।

    समूहको पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपालले सेमिफाइनलमा ठाउँ बनाउने सम्भावना जिवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ ।

    अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो । समूह ए मा लगातार दुई खेल जितेको भारतले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

    अब भारतले समुहको अन्तिम खेलमा अप्mगानिस्तानसँग खेल्न बाँकी छ ।

    आज नेपाललाई पराजित गर्न सके अफगानिस्तान भारतसँग खेल्नुअघि नै सेमिफाइनलमा पुग्नेछ ।

    यसैबीच, सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वेन्टी ट्वेन्टी विश्कप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

    जसमा प्रदीप ऐरी र शरद भेषावकरले पुनरागमन गरेका छन् । एसिया कप छनोट खेलेका सागर पुन भने टोलीबाट बाहिरिएका छन् ।

    एसिया क्षेत्रको छनोटको समूह बी का खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ । नेपाली टोली आज मलेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।

    समूह बी मा रहेको नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन, भुटान र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

    यस चरणमा शीर्ष तीन स्थानमा रहने टोली एसिया क्षेत्रकै दोस्रो चरणको छनोटका लागि छानिनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij