आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“सरकारलाई सुझाव आवश्यक “- सभामुख महरा

  • प्रकाशित मिति : सोमवार, अशोज १५, २०७५



  • काठमाडौं, असोज १५ । सभामुख कृष्णबहादुर महराले सरकारलाई आलोचना होइन, सुझाव आवश्यक रहेको बताएका छन् ।

    २८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारको आलोचनाभन्दा पनि सुझाव आवश्यक रहेको बताए ।

    ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

    ज्येष्ठ नागरिकहरुको अनुभव र विचार राष्ट्र निर्माणका लागि आवश्यक रहेको भन्दै सभामुख महराले उनीहरुलाई राज्यले सम्मान दिनुपर्ने पनि बताए ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान आवश्यक रहेकाले सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता जनाइन् ।

    राष्ट्रिय ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुका लागि राज्यले प्रदान गरेको सहुलियत कार्यान्वयन नभएको गुनासो गरे ।

    कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विभिन्न संघ, संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij