आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस सभापति देउवाविरुद्ध खनिए प्रदेश ५ का मुख्यमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • बुटवल, असोज १९ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा आफुभित्रको विरोधलाई मत्थर पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाल सरकारविरुद्ध योजनाबद्ध रुपमा खनिएको आरोप लगाएका छन् ।

    नेकपाको प्रदेश ५ को पहिलो प्रदेश कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले निर्वाचनमा पराजयपछि देउवा आफ्नै पार्टीभित्र बढेको असन्तोषलाई थामथुम पार्न सरकारविरुद्ध आन्दोलनमा लागेको जिकिर गरे ।

    दुई कम्युनिष्ट पार्टी औपचारिक रुपमा एक भएपछि कांग्रेसले विरोध चर्काएको उनको आरोप छ ।

    मुख्यमन्त्री पोखरेलले दुई पार्टी औपचारिक रुपमा एक नहुँदासम्म विरोधमा नउत्रिएको कांग्रेस चलखेल गरेर सत्तामा पुगिन्छ कि भन्ने आश मरेपछि योजनाबद्ध प्रहारमा जुटेको टिप्पणी गरे ।

    प्रदेश कमिटीको बैठकले आफु मातहतका १२ जिल्लामा कमिटी गठन गर्न र तत्काल कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा ४/४ जनाको कार्यदल गठन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij