आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ‘स्थीर’

  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५



  • काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति स्थीर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    प्रा. डा. अरुण सायमिको संयोजकत्वमा प्रा. डा. दिव्यासिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।

    ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन् । सुगरको लेभल पनि स्थीर छ’–प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार साँझ सन्चारकर्मीलाई जानकारी दिँदै प्रा. डा. सायमिले भने ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

    यसैगरी, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई सोमबारै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिए ।

    उनलाई छातीमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसीसीयु)मा सोमबार बिहान ०४ः३० बजे भर्ना गरिएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij