आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि सामुदायिक विद्यालयप्रति बढ्यो आकर्षण

  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५



  • तेह्रथुम, कात्तिक २५ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सके निजीमा भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित सरस्वती आधारभूत विद्यालयले दिएको छ ।

    केही वर्षअघिसम्म विद्यार्थीको अभाव हुने यो विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराउनुका साथै शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन थालिएपछि अभिभावकले निजी विद्यालयबाट धमाधम यही विद्यालयमा विद्यार्थी सार्न थालेका छन् ।

    बालबालिकालाई निजी विद्यालयमा पढाउने मोह जहाँतहीँ व्याप्त छ । त्यसमा पनि अंग्रेजी भाषामा अब्बल बनाउने भन्दै चर्को शुल्क तिरेरै भएपनि निजी विद्यालयमा पढाउनुपर्छ भन्ने मान्यता पछिल्लो समय स्थापितजस्तै भएको छ ।

    तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केस्थित सरस्वती आधारभूत स्कुलमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजीमा पढाउने अभिभावकको मनस्थिति पनि बदलिन थालेको छ । यस विद्यालयले गुणस्तरीय रुपमा अंग्रेजी माध्यममा पढाउन थालेसँगै अभिभावकले चन्दा उठाएर विद्यालयको पुर्वाधार निर्माण र व्यवस्थापनमा सहयोग गरेका छन् । जसका कारण आर्थिक रुपमा पिछडा वर्गका बालबालिकालाई विशेष राहत मिलेको छ । न्युन लगानीमा सरकारी विद्यालयमै अंग्रेजी पढाउन पाएपछि अभिभावक समेत उत्साहित भएको विद्यालयका पूर्वप्रधानाध्यापक श्रीकृष्ण दाहाल बताउँछन् ।

    कक्षा–८ सम्मको पढाइ हुने यस विद्यालयमा अहिले भने ३ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । विद्यालयका अभिभावक र शिक्षाप्रेमीहरुबाट ३ लाख १६ हजार रुपैयाँ संकलन गरी विद्यालयको व्यवस्थापन गरिएको छ । पहिले विद्यार्थीको अभाव हुने विद्यालयमा अहिले २ सय विद्यार्थी आउने गर्छन् । अभिभावकले निजी विद्यालयबाट आफ्ना नानीहरुलाई झिकेर आफ्नो विद्यालयमा ल्याएका प्रधानाध्याक विरेन्द्र मण्डलको भनाइ छ ।

    सर्वसुलभ र गुणस्तरीय शिक्षाको लागि सरकारी र सामुदायिक विद्यालय तंग्रिनु आवश्यक छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij