आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय तरकारीसँग प्रतिस्पर्धाः आधा मूल्यमा तरकारी बेच्दै किसान

  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५



  • सुर्खेतको भेरीगंगा–४ हर्रेका बलबहादुर खत्रीले यो सिजनमा आफ्नो ५ रोपनी बारीमा काउली उत्पादन गरे।

    उनले उत्पादन गरेको काउली अहिले बजारमा किलोको ३० रुपैयाँमा विक्री भैरहेको छ। उनले पाउनुपर्ने मूल्य ७० देखि ८० रुपैयाँ हो। तर, नेपालगञ्जस्थित भन्सारबाट बढ्दो मात्रामा काउली भित्रिने हुँदा उनले उत्पादन गरेको काउलीले आधाभन्दा बढी मूल्य कम पाएको छ।

    खत्रीले आफूले उत्पादन गरेको काउली पूरै विक्री भए पनि यो सिजनमा करिब ४० हजार घाटा पर्ने अनुमान गरेका छन्। भारतबाट भित्रिने काउलीसँग प्रतिस्पर्धा गर्नुपर्दा यहाँका कृषकले आफूले उत्पादन गरेको तरकारी घाटामा बेच्नु परेको हो।

    ‘पूरै मूल्य पाएको भए डेढदेखि दुई लाखसम्म आम्दानी हुन्थ्यो, त्यसले लगानी उठाएर केही फाइदा पनि हुन्थ्यो,’ खत्रीले भने, ‘अहिले बेचिरहेको यो काउलीबाट एक लाख पनि हुन गाह्रो छ, भारतको काउलीले हामीलाई घाटा पार्‍यो ।’

    भारतको तरकारीसँग प्रतिस्पर्धा गर्नुपरेकाले तरकारीले बजार पाए पनि मूल्य नपाउँदा प्रायः घाटा व्यहोर्नुपरेको खत्रीको भनाइ छ।

    ‘बाटो नजिकै भएपछि बजार पायक पर्ने भएकाले हामीले उत्पादन गरेको तरकारी विभिन्न बजारमा जान्छ तर भारतसँग प्रतिस्पर्धा गरेर बेच्नुपर्छ, खासै मूल्य पाउँदैन,’ उनले भने।

    हर्रेकै कृषक पवन खत्रीलाई तरकारीबाट यो सिजनमा मात्रै १ लाख घाटा लाग्यो। उनी एक सिजनमा कम्तीमा १५० क्विन्टल काउली मात्र बेच्छन्। आफूले उत्पादन गरेको तरकारी आधा मुल्यमा बेच्नुपर्दा खत्रीलगायत सुर्खेतका किसानहरुले घाटा ब्यहोर्नुपरेको हो ।

    ‘एक सिजनमा मैँले १५० क्वीन्टल काउली बेच्छु, तर सिजनको शुरुमा मुल्य पाए पनि पछि पाउँदैन,’ उनले भने, ‘उताबाट काउली आउन थालेपछि इण्डियाको काउली आउँछ भनेर व्यापारीले मूल्य दिँदैनन्, केही दिनअघि ६० मा बेचेको काउली अहिले ३० मा बेचिरहेको छु।’

    जमुनाह नाका हुँदै भारतीय तरकारी सस्तोमा भित्रिने हुँदा जिल्लाका कृषकले उत्पादन गरेको तरकारीले सिजनभर पूरा मूल्य पाउन नसकेको तरकारी व्यवसायी टिकाराम बुढामगर बताउँछन्।

    ‘नाका नजिकै छ, भारतबाट यही सिजनमा तरकारी आयात हुन्छ,’ तरकारी खरिद गर्न हर्रे पुगेका व्यापारी बुढाले भने, ‘उताबाट सस्तोमा तरकारी भित्रिने हुँदा यहाँ पनि त्यही रेट दिएर तरकारी खरिद गर्नुपपर्ने हुन्छ।’

    हर्रेलगायत सुर्खेतका अधिकांश ठाउँमा तरकारी उत्पादन गरिन्छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक २५ हजार ८५० मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जसमध्ये ६७५ हेक्टर जमिनमा १० हजार ८९८ मेट्रिक टन हिउँदे, ६५५ हेक्टरमा ७ हजार ३६४ मेट्रिक टन बर्खे र ४५५ हेक्टरमा ७ हजार ५८८ मेट्रिक टन वेमौसमी तरकारी उत्पादन हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij