आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

  • प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५



  • बैतडी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नेतृत्वले स्थानीय तहमा पार्टी समायोजन प्रक्रिया टुंगो लगाउन ढिलाइ गर्दै गएपछि स्थानीय तहबाटै समायोजन प्रक्रिया सुरु हुन थालेको छ ।news

    तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको हो ।

    पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो ।

    ६ स्थानीय तहमा तत्कालिन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने ४ स्थानीय तहमा तत्कालिन नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

    पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाँउपालिकामा तत्कालिन एमालेको नेतृत्व रहने भएको छ ।

    यस्तै दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सूर्नया गाउँपालिका र पञ्चेश्वर गाँउपालिकामा तत्कालिन माओवादीले नेतृत्व लिने सहमति भएको छ ।

    समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालिन पार्टीभन्दा अर्को पार्टीकोे ब्यक्ति रहने पनि निर्णय भएको छ ।

    ८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालिन पार्टीबाट ४२ जना र सचिवको तत्कालिन पार्टीबाट ३९ जना रहने छन् ।

    यस्तै ७५ सदस्यीय हुने गाउँपालिकास्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालिन पार्टीबाट ३९ जना तथा सचिबको तत्कालिन पार्टीबाट ३६ जना सदस्य रहनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij