प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र संसारले हेर्न लायकको विकास मोडल चितवन हुने बताएका छन्।
चितवनको भरतपुर महानगरपालिका २४ नम्बर वडाले बिहीबार आयोजना गरेको वातावरणमैत्री वडा घोषणा कार्यक्रममा अध्यक्ष दाहालले पाँच वर्षभित्र संसारले हेर्नै पर्ने मोडलको रुपमा चितवनलाई विकास गरिने बताए।
‘म सधैं आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बस्न पाउन्न। अन्यत्र पनि हेर्नुपर्छ। केन्द्रमा बसेर चितवनको विकासका लागि सघाउँछु,’ दाहालले भने, ‘नारायणी र राप्ति किनारमा तटबन्धसहित रिङ रोड, सभाहल, क्रिकेट मैदान चितवनमा बनाइन्छ।’
कच्ची सडकहरु एक बर्ष भित्र धुलोमुक्त गरिने, कृषिमा आधुनिकीकरण र सिँचाइका लागि सहयोग गर्ने उनले बताए। ‘विकासका लागि हरदम साथ रहन्छ,’ दाहालले भने, ‘किसानले उत्पादन गरेका कृषिउपज बजारीकरण गर्न र अस्थायी भने पनि चिस्यान केन्द्र स्थापना गर्न सहयोग गर्छु।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij