आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माधव नेपालको विरोधपछि नेकपाका प्रदेश कमिटी सदस्य टुंग्याउने जिम्मा दुई अध्यक्षलाई

  • प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५



  • Nepal's Prime Minister Madhav Kumar Nepal speaks to The Associated Press in Katmandu, Nepal, Saturday, June 13, 2009. The political turmoil that has roiled Nepal in recent weeks will not stop its peace process from moving forward, the country's prime minister said Saturday, adding that the former Maoist guerrillas still must prove that they are committed to negotiations. (AP Photo/ Gemunu Amarasinghe)

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश कमिटी सदस्यको विवाद बल्झिएको छ।

    मंसिर १२ गतेको सचिवालय बैठकपछि नेताहरूले प्रदेश कमिटी टुंगो लगाएको दाबी गरेका थिए। टुंगिएको भनिएको एक साता बित्न लाग्दासमेत नेकपाले नाम सार्वजनिक गरेको छैन।

    मंसिर १२ गतेको सचिवालय बैठकले केही नाम थप गर्ने र केही हटाउने समझदारी जुटाएको थियो।

    प्रदेश १, २ र ३ को नाम अन्तिम भए पनि अन्य प्रदेशको टुंगो लाग्न बाँकी रहेको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।

    नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयबाट टुंगिएका कतिपय व्यक्ति मापदण्डमा नपर्ने भन्दै सार्वजनिक गर्नबाट रोकेको ती सदस्यले जनाए।

    नेपाललको असन्तुष्टिपछि पुन: नाम टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिइएको छ।

    ‘केही थप्ने र हटाउने नाम पानामा टिपिएको थियो’, ती सचिवालय सदस्यले भने, ‘ती नाम समावेश गरेपछि अब फेरि एकपटक अध्यक्षद्वयले हेरेर टुंगो लगाउनुहुन्छ।’

    असोज ५ गतेको बैठकबाट नेकपाले प्रदेश इन्चार्ज-सहइन्चार्ज तथा अध्यक्ष-सहअध्यक्ष टुंगो लगाएको थियो।

    नेता नेपालले आफू विदेशमा भएका बेला प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको भन्दै त्यतिबेलासमेत विरोध गरेका थिए।

    इन्चार्ज र अध्यक्ष चयन भएको तीन महिना बितिसकेको छ। तर अझै प्रदेश कमिटी बन्न सकेको छैन।

    ‘उहाँहरूलाई सम्मेलन (एसिया प्यासेफिक समिट) बाटै फुर्सद छैन’, ती सचिवालय सदस्यले असन्तुष्टि पोख्दै भने, ‘कहिले नाम टुङ्ग्याउनु हुन्छ ठेगान छैन।’

    पार्टी एकता घोषणा भएको ९ महिना पुग्न लाग्दा समेत नेकपाले जिल्ला कमिटी र जनवर्गीय संगठनको एकतासमेत गर्न सकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij