आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल-अमेरिका सम्बन्ध दोस्रो तहमा लाने सहमति

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५



  • काठमाडौं : नेपाल–अमेरिकाको सात दशक लामो सम्बन्धलाई दोस्रो तहमा लैजान दुवै देशका विदेशमन्त्रीबीच सहमति भएको छ । नेपाल र अमेरिका बीच सात दशकदेखि अन्तरंग र बृहत क्षेत्रमा लामो सहकार्य रहँदै आएकोमा परिवर्तित विश्वराजनीतिलाई आधारमा नयाँ चरणमा सहकार्य अघि बाउने सहमति भएको हो । 

    अमेरिकाले नेपाललाई यस क्षेत्रको लागि बृहत रणनीतिक सहकार्य भन्दै आएको छ । परराष्टन्मन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइक पोम्पेओबीच मंगलबार राति (नेपाली समय अनुसार) भएको एक घण्टा लामो छलफलमा राजनीतिक सहकार्य, विकास सहयोग र सम्बन्ध विस्तार अर्को तहमा लैजाने सहमति भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले अन्नपूर्णलाई बताए ।

    डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भएको छलफलमा ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्था, अमेरिकासँगको सहकार्य, आवश्यक सहयोग र मुलुकको प्राथमिकता बारेमा खुलेर धारणा राखेका थिए । पोम्पेओले अमेरिकाले नेपाललाई दिंदै आएको प्राथमिकता, विकासको क्षेत्रमा गर्ने सहकार्य र विश्व तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिका लगायतमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। ‘अमेरिकी विदेशमन्त्रालयमा उपलब्धीमूलुक लामो वार्ता भयो । कन्सलटेसन बैठक र परराष्ट्रमन्त्रीस्तरको बैठक चार घण्टाभन्दा लामो भयो,’ राजदूतले भने, ‘सम्बन्धलाई कसरी अझ बलियो र गहिरो बनाउने भन्ने विषयमा खुलेर छलफल भएको छ । हामीले नेपाल–अमेरिका सम्बन्ध र मुलुकको प्राथमिकतालाई स्पष्ट राखेका छौ ।’
    नेपाल र अमेरिकाबीच रहेका सबै प्रकारको सम्बन्धकाबारेमा छलफल भएको भन्दै राजदूतले भने, ‘अमेरिकासँगको सहकार्यबारे यो स्तरमा भएको औपचारिक छलफलले दक्षिण एसियामा नेपालको भूमिका स्पष्ट पारेको छ।’  राजनीतिक विषयमात्र होइन, अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग र आगामी दिनमा आउने सहयोगका विषयमा छलफल भएको उनले बताए ।

     अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेरिरहेको भन्ने सन्दर्भमा १७ बर्षपछि नेपाल अमेरिकाबीच यो स्तरको औपचारिक छलफल भएको हो । नेपालले आफ्ना छिमेकीहरुसँग संयन्त्र स्तरमा छलफल गर्दै आएको भएपनि अमेरिकासँग यो स्तरको वार्ता जुराउन सकेको थिएन ।

    वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले आगामी १२ बर्षभित्र  नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने गरी योजनाहरु तय गरिएको सुनाए भनिएको छ । अमेरिकाले नेपालको स्तरोन्नतीका लागि दिनसक्ने र गर्नसक्ने सहयोगका आयमबारे पनि छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । राजनीतिक सम्बन्धका बारेमा पनि छलफल भएको थियो । नेपालमा संविधान गरी जारी तीन तहको निर्वाचन भएको र आगामी दिनमा  राजनीतिक स्थिरता कायम हुने लगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ ।
     
    वार्तामा सहभागी अमेरिकी  राजदूत र्‍याण्डी बेरीले पनि उक्त छलफलमा भएको विषयलाई ट्विट गर्दै भनेका छन, ‘दुई मन्त्रीबीच अन्तराष्ट्रिय राजनीति, समृद्ध इन्डो प्यासिफिक, उत्तर कोरिया र अन्य मामिलामा नेपालको भूमिकाबारे खुल्ला छलफल भयो ।’ 

    अमेरिकाले पछिल्लो समय एसिया प्यासिफिकलाई इन्डो प्यासिफिक भन्दै त्यही प्रकारको कूटनीतिमा जोड दिँदै आएको छ । बेरी नेपालमा राजदूत भएर आएको सुरुवाती समय र अमेरिकाका लागि नेपालका राजदूत डा. कार्कीको कार्यकालको अन्त्यतिर भएको राजनीतिक भेटघाट निकै महत्वपूर्ण रहेको परराष्ट्र अधिकारीको धारणा छ ।
     
    नेपालको विकासका लागि व्यापार, लगानी र सहयोगको दायरामा पनि छलफल भएको दूतावासले जनाएको छ । ज्ञवालीले नेपालको राजनीतिक स्थायीत्व कामय हुने क्रममा रहेकाले विकासको क्षेत्रमा सहयोग गर्न अमेरिकालाई आग्रह गरेका थिए । 


    अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कार्पाेरेसनमार्फत दिएको सहयोग उपयोगको खाका बारेमा पनि छलफल भएको थियो । उक्त सहयोग अन्तरगतको परियोजना पाच बर्षभित्र सक्नुपर्ने भएपनि उल्लेखित काम अघि बढ्न नसकेको अमेरिकी बुझाइ छ । 

    शेरबहादुर देउवा नेतृत्व सरकारले २०७४ असोजमा हस्ताक्षर गरेको उक्त सम्झौताका अधिकतम खाका अझै तय हुन सकेको छैन । यो सहयोग ५ बर्षमा उपयोग हुन नसके फिर्ता जानेछ । पोम्पेओले एमसीसी कम्प्याकटको कार्यावन्यन महत्वपूर्ण रहेको बताएको दुतवासले जनाएको छ ।
     

    यसअघि नेपाल–अमेरिकाबीच परराष्ट्र सचिव स्तरमा पनि छलफल भएको थियो । नेपाली समयअनुसार मंगलबार राति दस बजे उक्त बैठक बसेको थियो । एक घण्टा चलेको उक्त बैठकको केही समय पछि विदेशमन्त्री स्तराम छलफल भएको हो । 


    सचिव शंकरदास बैरागी र अमेरिकाको तर्फबाट दक्षिण तथा मध्ये एसिया हेर्ने एक्टिङ एसिस्टेन्स सेक्रेटरी अलीस जी वेल्स सहभागी थिइन । बैठकमा मुलुकको प्राथमिकता र विकासको सन्दर्भमा छलफल भएको थियो। नेपालको शान्ति प्रक्रियाको विश्वव्यापीकरण, विकासमा सहकार्य, क्षेत्रीय तथा विश्व राजनीतिमा नेपालको भूमिकाकाबारे पनि छलफल भएको बताइएको छ ।

     मन्त्री ज्ञवालीले यो छलफलले नेपाल अमेरिका सम्बन्ध नयाँ चरणमा उक्लने बताउँदै आएका थिए । उनले जानुअघि भनेका थिए ‘सबै विषयमा छफल हुनेछ । यसले नेपाल–अमेरिकाको सम्बन्धलाई नयाँ आयम दिनेछ।’ सरकारले यो भ्रमणलाई पछिल्ला वर्षहरुको भ्रमण मध्ये निकै महत्वपूर्ण भ्रमण भनेको छ ।


     छलफलमा अमेरिकाका लागि नेपाली राजदूत कार्की, सचिव बैरागी, परराष्ट्र अधिकारीसहित अर्थ र गृह मन्त्रालयका अधिकारी पनि सहभागी थिए। अमेरिकाको तर्फबाट मन्त्री, राजदूत बेरी, मध्य तथा दक्षिण एसिया हेर्न एक्टिङ सेक्रेटरी, बाणिज्य मन्त्रालय, रक्षा र गृहका अधिकारी सहभागी थिए ।

     मन्त्री ज्ञवालीले एमसीसीका प्रमुख र रक्षाका अधिकारीहरुसँग पनि भेट्ने दूतावासले जनाएको छ 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij