आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल–खनालले ओलीसँग लिए बदला

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी र सरकारलाई आफनै ढंगल चलाएको भन्दै खडगप्रसाद ओलीको आलोचना गरेका छन ।

    धुम्बाराहीमा शनिबार बसेको स्थायी समितिको तेस्रो बैठकमा माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको कामकारबाही चित्त बुझदो नरहेको बताए । स्रोतका अनुसार नेता नेपालले ओलीले आफनो कार्यशैलीमा सुधार गर्नुपनेए बताए ।

    अर्का वरिष्ठ नेता खनालले पनि ओलीले पार्टीभित्र निरंकशता लादेको आरोप लगाए । उनले ओलीलाई एउटा पदमा मात्रै बस्न सुझाव दिए । अध्यक्ष वा प्रधानमन्त्री एउटा पद मात्रै राख्न खनालले सुझाव दिएका छन ।

    बैठकमा गिरिराजमणि पोखरेल र रामबहादुर थापा, विष्णु पौडेलले सरकारको बचाउ गरेका थिए ।

    बैठकमा प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
    नेकपाको अर्को बैठक आइतबार पुनः शुरु हुने गरी स्थगित भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij