आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वमै बेइजत : सुनामीबाट सयौंको मृत्यु भएकोमा इन्डोनेसियालीलाई राष्ट्रपति भण्डारीको बधाई ! [विज्ञप्ति]

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • काठमाडौ । मुलुकको प्रमुख पदबाट यति हदसम्मको लापरवाही हुन्छ र राष्ट्रको बेइजति हुन्छ भन्ने कसैले कल्पना समेत गर्न सक्दैनन् । तर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तै गल्ती भएको छ । जसले विश्वमै बेइजत भएको छ । मानिस मर्दा बधाई भन्ने शब्द प्रयोग भए के हुन्छ ? राष्ट्रपति भण्डारीबाट जारी गरिएको विज्ञप्तिमा यस्तै भएको छ । इन्डोनेसियामा सुनामीबाट सयौंको मृत्यु भयो । मृत्यु भएकोमा इन्डोनेसियाली समकक्षीलाई राष्ट्रपति भण्डारीको बधाई दिएकी छिन् । यो सरकारी विज्ञप्ति कति हतार र लापरवाहीका साथ प्रकाशित गरिन्छ भन्ने उदाहरण हो, बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति । कर्मचारीको ‘कपी पेष्ट’ गर्ने बानीले कुन हदसम्म राष्ट्रको बेइज्जत हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।

    “राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार इन्डोनेसियाको बान्टेन र लामपुङ क्षेत्रमा आएको सुनामीको कारण कयौंको ज्यान गएकोमा इन्डोनेसियाको राष्ट्रपतिलाई एक बधाई सन्देश पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालयले एकसाथ सयौं नेपाली र विदेशी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई इमेल मार्फत पठाइएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।

    “सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ । “हाम्रोमा जाँगर चलाउने बानी कम छ । पुरानै विज्ञप्तिमा मिति र नाम परिवर्तन गर्ने अभ्यास छ । त्यसैले यस्तो गल्ति भएको हो,” परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, “नियतवश यस्तो भएको होइन ।” इन्डोनेसियामा शनिबार आएको सुनामीका कारण बुधबारसम्म ४२० जनाभन्दा बढीको ज्यान गइसकेको छ । उद्धार कार्य जारी छ । यस्तो छ विज्ञप्ति जान बोलीबाट साभार

    नेपाली इन अब्रोडबाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij