आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • काठमाडौँ, १७ पुस (रासस) ः मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ । त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअनुसार विशेष जिम्मेवारी दिइएको छ ।

    अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखामा नमूनाका रुपमा शुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो । ग्राहकलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा शुरु गरेको उहाँले बताउनुभयो ।

    ‘मेगा कस्टमर केयर अफिसर’ले ग्राहकलाई स्वागत गर्नुका साथै उहाँहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले ग्राहकलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने बैंकको विश्वास छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij