आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपाः १५ प्रतिशत मात्र महिला नेतृत्वमा

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • धम्बोझी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडादेखि प्रदेश र केन्द्रीय कमिटीमा बहुसङ्ख्यक पुरुषलाई मात्र नेतृत्व दिएकामा धम्बोझीका महिलाले असन्तुष्टि जनाएका छन्।

    पूर्वमाओवादी, पूर्वएमालेबीच एकतापछि महिलालाई महत्वपूर्ण जिम्मेवारी नदिँदा विरोध भइरहेको बताउँदै मोहककुमारी फुयाँलले भनिन्, “हामी महिलाहरुलाई सदस्य पदमा मात्र राखिएको छ।”

    पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउँदै प्रतिक्रियावादी शक्ति, गलत विचार, गलत व्यवहारविरुद्ध दृढतापूर्वक जुभिmरहेका क्रान्तिकारी महिला आज आफ्नै पार्टीमा ३३ प्रतिशत नेतृत्वदायी भूमिकामा आउन नसकेकामा विरोध गरिएको हो।

    ५ नं प्रदेश कमिटीअन्तर्गत गुलरिया नगर कमिटीमा शपथग्रहण गर्न आएका महिला १५ प्रतिशतमा मात्र सीमित छन्। फुयाँलले भनिन्, “बर्दियाको आठ वटै स्थानीय तहको कमिटीमा निरन्तर आफ्नो जीवन पार्टीका लागि सुम्पिएका महिला लिडरसिपमा आएनन्।”

    एकासी जनाको नगर कमिटी बन्दा १२ जना मात्र महिला नगर कमिटी सदस्यमा छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij