प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर छ। हिजो ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुन आज प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा बारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने बढेको छ। हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij