आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्पपीडितले धमाधम फिर्ता गर्न थाले अनुदान

  • प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५



  • सोलुखुम्बु । भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन्।

    पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ।

    जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको प्राधिकरणका सामाजिक परिचालक माया शेर्पाले जानकारी दिए।

    विसं २०७२ को भूकम्पले लिखुपिके गाउँपालिका साविक गोली–९ का जाङ्बु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो।

    “आफ्नो घर पूर्ण क्षतिमा पर्यो, अनुदान पाइन्छ भनेर सबैले भने ।” शेर्पाले भने, “मैलेपनि अनुदान बुझे अहिले तत्काल घर बनाउन नसके राज्यले दिने सेवा सुविधा कटाउँछ भनेको सुनेपछि रकमनै फिर्ता गरेको हो।” पूर्ण क्षतिमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले बताए।

    अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने तीनजना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ।

    सोलु दूधकुण्ड नगरपालिका–११ का बलबहादुर कार्की र सोलु दूधकुण्ड नगरपालिका– ६ का छिरिङ शेर्पाले यस अघिनै पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरिसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij