प्रकाशित मिति : बुधबार, माघ २, २०७५
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) बीच पार्टी एकता हुने भएको छ । फोरम नेपाल र नेकपा कम्युनिष्ट केन्द्रबीच पार्टी एकताको लागि सैद्धान्तिक सहमति जुटिसकेको छ ।
फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आगामी माघ ७ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय गरिएको छ ।
केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै अलग्गिएको थियो । नेकपा कम्युनिष्ट केन्द्र तत्कालिन नेकपा माओवादीबाट २०६२ सालमा विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो।
हालैमात्र हाम्रो कम्युनिष्ट पार्टी नेपाल पनि संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको थियो। सिद्यान्त र विचार मिल्ने दल, संगठन र पार्टीसँग एकता गर्ने फोरम नेपालको नीति अनुसार अन्य शक्तिहरुसंग वार्ता छलफल भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij