आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनताको दुश्मन संग लड्दै अगाडी बढ्दा………….

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • नेपालमा भयको लामो दशक १० बर्ष पछि निम्तिएको द्वन्द्वपीडित, हरुको समस्या समाधान सरकार र यहाँका शिर्ष राजनैतिक दलहरुले छिटै समस्या समाधानको बाटो नखोज्ने हो भने फेरि अर्को द्वन्द निम्तनु सक्छ । राज्यले समस्याको समाधान भन्दा पनि द्वन्द्व नै चाहेको छ, र द्वन्द्व पिडितहरुले उठाएको जायज मागहरुलाइ सम्बोधन गर्ने बाटो बिराएर उल्टै धरपकट गर्दै जबर्जस्ती द्वन्द्व तिर धकेल्ने बाटो तिर राज्य लागेको छ ।

    हामी जस्ता परिबर्तन कारी जनमुक्ती सेनाले लडेर २४० बर्षे राजतन्त्र अन्त्य गर्नु देखी, संघिय लोकतान्त्रिक गणतन्त्र सम्म को बाटोमा डोहोराउने महत्वपूर्ण भुमिका जनमुक्ती सेना नेपाल ले नै खेलेको हो, जनमुक्ती सेना नेपाली जनताको अधिकारको निमिक्त बर्गिय दुश्मन संग लड्दै आफ्नो ज्यानको बाजि राख्दै लाम्बद्व ढंगले कमान्डर को आदेश लाई स्वुकार्दै जनमुक्ती सेना अगाडि बढ्यो ।

    त्यसरी अगाडि बढ्दै गर्दा जनताको दुश्मन संग लड्दै अगाडी बढ्दा १० बर्षे जनयुद्ध को प्रकृया मा त्यही लडाइ बाट १७ हजार योद्धा हरु साहादात भए, भने १२ हजार अंगगभंग भए, हजारौ बेपत्ता भए, बेपत्ता परिवार अहिले कि सास चाहियो कि, लास चाहियो भनेर अँखा भरी आँसु लिएर न्याए खोज्दै भौतारी रहेको छन् ।

    तर राज्यले कुनै सत्यतथ्य छानबिन गरि सार्बजनिक गर्नु सकेको छैन राज्य मौन छ, यस्तै गरि शान्ती प्रकृया र सेनासमायोजन को नाममा जनमुक्ती सेना लाई ७ वटा अस्थाइ सिबिरमा राख्यो भने कथित बिदेशी (अनमिन ) UN लाई बोलाइ प्रमाणी करण गर्ने काम गर्यो ।

    त्यही प्रमाणी करण बाट एउटै सिबिरमा भएका सेना हरुलाइ बिभाजन गरि (चार हजार ८ जना जनमुक्ती सेना लाई कथित) अयोग्य बिल्ला भिराएर कुनै बेबस्थापन नगरी समाजमा फर्काइयो। त्यही जनमुक्ती सेना ले लडेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्र योग्य हुने, भने चार हजार ८ जना जनमुक्ती सेना कसरी अयोग्य? हाम्रै कारण ले प्रधानमन्त्री को कुर्सी सम्म पुग्नु भएको छ भने , प्रधानमन्त्री को कुर्सी योग्य, हामी कसरी अयोग्य?

    यसको उत्तर ७ वटा डिभिजन कमान्डर , ४ जना डिपुटी कमान्डर, र तत्कालीन सुप्प्रीम कमान्डर (क. प्रचड ज्यु ले दिनु पर्छ डिपुटि कमान्डर नन्द किसोर पासाङ ज्यु तपाईं यहि जनमुक्ती सेना कै कारण उपराष्टपति भन्नू भएको छ । त्यस्तै चक्र पाणि खनाल बल्देब ज्यु हाम्रै कारण ले गर्दा कृषि मन्त्री बन्नु भएको छ, डिपुटी कमान्डर जनार्दन शर्मा ज्यु हाम्रै कारण ले गर्दा तपाई ग्रीह मन्त्री बन्नु भयो, अनन्त ज्यु हाम्रै कारण ले गर्दा उर्जा मन्त्री बन्नु भएको छ, प्रचण्ड ज्यु तपाइ हाम्रै कारण २ पटक सम्म प्रधान्मन्त्री बन्नु भयो, के कुर्सी कै लागि मात्रै थियो त १० बर्षे जनयुद्ध को लक्ष्य ?

    सिबिर मा खर्बौ भ्रष्टाचार गर्ने तपाईं हरु चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य? अब भ्रष्टाचारि गर्ने तपाइहरुको बिरुद्ध मा ७७ वटै जिल्लामा र सर्बोच्च अदालत देखि अख्तियार सम्म तपाई हरुको बिरुद्ध मा मुद्दा हाल्छौ, नेपाली जनताले पसिना बगाइ ,कमाएर तिरो को करमाथी हिनामिना गर्ने अधिकार कसैलाइ छैन ।

    वाइटबडी विमान माथी खुलेआम रुपले ४ अर्ब ३५ लाख भ्रष्टाचार भएको पुष्टि भैसकेको छ। त्यो भ्रष्टचारी चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ? द्वन्द्व पिडित हरुलाइ सडक मा छोडेर कसरी शान्ती प्रकृया ले पुर्णता पाउला? यदि द्वन्द्व बेबस्था नगरे सम्म शान्ती प्रकृयाले पुर्णता पाउनु सक्दैन। छिटो भन्दा छिटो ध्यान् जाओस।

    -बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती महासचिव राजन थापा सुवास

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij