आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाहालको अपिल- ‘सबै एक भएर विकास र समृद्धिको यात्रामा अघि बढौं’

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले देशको विकास र समृद्धिका लागि एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई अपिल गरेका छन् । जनयुद्ध र जनआन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जलीका लागि बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहाल उक्त आग्रह गरे ।
    ‘जनतालाई समृद्ध बनाउने, देशलाई विकसित बनाउने, राष्ट्रको एकता र सार्वभौमसत्तालाई सुदृढ गराउने जिम्मेवारीमा हामी सब एक छौं’ दाहालले भने, ‘एकताका लागि पनि म सबै राजनीतिक शक्तिहरुलाई अपिल गर्न चाहन्छु।’ उनले देशमा भएको राजनीतिक परिवर्तन, संविधान निर्माण, शान्ति सम्झौतासहित सबै चीज दलहरुको समझदारीबाट गरेको भन्दै फिलोसोफी, राजनीतिक दृष्टिकोण फरक-फरक भए पनि अब विकास र समृद्धिका लागि मिल्नुपर्नेमा जोड दिएका हुन्।

    उनले भने, ‘हामी सबै एक भएर विकास र समृद्धिको यात्रामा अघि बढौं।’ देशलाई परिवर्तन गर्ने ठूलो जिम्मेवारी इतिहास र जनताले नेपाली कम्युनिस्टहरुको काँधमा दिएको दाबी गर्दै दाहालले यसलाई पूरा गरेरमात्रै जनता, सहिद, बेपत्ता योद्धाहरुका सपना पूरा हुने विश्वास व्यक्त गरे।

    दाहालले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ताको दृष्टिले पनि सबै राजनीतिक दलहरुबीच सहमति, सहकार्यआवश्यक रहेको भन्दै नेपाली कांग्रेस, मधे केन्द्रित र अन्य राष्ट्रिय पार्टीहरुलाई विकास र समृद्धिका लागि सहकार्य गर्न अपिल गरे। उनले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपनालाई पूरा गर्ने संकल्पसहित छिटोभन्दा छिटो विकास निर्माण गर्नुपर्ने बताए।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विभिन्न समूहमा विभाजित कम्युनिस्टहरुलाई पनि नेकपामा गोलबन्ध हुन अपिल गरे। ‘जनआन्दोलनहरु, जनयुद्धमा सहभागी सबै कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता साथीहरुलाई दिग्भ्रम तोडेर एउटै केन्द्रमा गोलबद्ध हौं, राष्ट्र निर्माणका लागि’ दाहालले भने, ‘यहींबाट समाजवाद, सामाजिक न्यायतर्फ जान सक्छौं। सहिदहरुको सपना पूरा गर्दै हामीले लिएको उद्देश्य पूरा गर्न सकिन्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij