आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लोकतन्त्रविरुद्धको कुनै पनि क्रियाकलाप सह्य नहुने प्रधानमन्त्रीको चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धको कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिएका छन् ।

    ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुंडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्धका कुनै पनि कुरालाई छुट नदिइने बताए । देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा नकारात्मक प्रवृत्ति पनि प्रतिबिम्वित भएको भन्दै उनले लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्नेजस्ता गतिविधिहरु निन्दनीय रहेको बताए ।

    राजनीतिक रङमा रंगिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । यस्ता गतिविधि गर्नेहरुविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी उनले दिए ।

    अधिनायकवादलाई परास्त गर्दै अविकासका विरुद्ध केन्द्रित भएको भन्दै प्रधानमन्त्री ओलीले आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर रहेको बताए । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

    द्वन्द्व व्यवस्थापन लगभग भइसकेको भन्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको जिकिर गरे ।

    कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा लगायत संवैधानिक उच्चपदस्थ अधिकारी, विदेशी कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij