प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६
जीतपुर । वर्तमान सरकारले जनतालाई सपना मात्र बाँडेको नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन्।
नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले मायादेवी गाउँपालिकाको डुमरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई पूरा गर्र्न नसक्ने सपना बाँडेको आरोप लगाए।
काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए। अर्का केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले सरकारले जनतालाई विभिन्न बाहानमा झुक्काएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लागाए।
पूर्वराजदूत दीपककुमार उपाध्याय, सांसद अभिषेकप्रताप शाह, पूर्वपार्टी सभापति सुधारकर पाण्डेय, राजेश आचार्यलगायतले पार्टीमा गुटबन्दीलाई त्यागेर एकबद्ध भएर जानुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा माओवादीका पूर्वसभासद ईन्द्रवती यादव, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, नेता चक्रधारी पाण्डेय, अब्दुर रउफ लगायत काङ्ग्रेसमा प्रवेश गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij