प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ।
परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ।
एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ।
सप्तरीमा मात्रै होइन प्रदेश नम्बर २ का अधिकांश जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले हामीसँग भने।
उहाले कर्मचारी अभावले गर्दा उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको उहाको भनाई थियो। कर्मचारीले उत्तरपुस्तिका रुजु गरी, कोडिङ गर्ने र परीक्षण केन्द्रमा पु¥याउने गरेका छन्। अधिकाशं जिल्लामा कर्मचारी नै छैनन, तराईका जिल्लामा त खटाएका कर्मचारी समेत जान मान्दैनन, कसरी उत्तरपुस्तिका परीक्षण गर्ने ? बोर्डका एक कर्मचारीले भने।
इकाइ प्रमुख एक्लैले उत्तरपुस्तिका परीक्षणको लागि व्यवस्थापन गर्न नसक्ने बोर्डको भनाई छ। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले ७७ वटै जिल्लामा कर्मचारी अभाव रहेको बताए। उनले भने–सबै जिल्लामा कर्मचारीको अभाव देखिएको भएपनि तराईका सबै जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ । हाम्रो अनुरोधमा स्थानीय तहलाई गुहारेर उत्तरपुस्तिका परीक्षण गर्ने काम भैरहेको छ।
– कार्यालय सहयोगीको सहयोग
– प्रदेश २मा गम्भीर समस्या
– सप्तरीमा बल्ल परीक्षण शुरु
उत्तरपुस्तिका परीक्षण गर्न शिक्षकको अभाव छैन, व्यवस्थापन गर्ने कर्मचारीको अभाव भएकोले समस्या भएको हो–बोर्डका अध्यक्ष प्राडा पौडेलले भने।
नेपाल समाचारपत्र
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij