आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसदीय समितिमा पहिलो पटक देउवा, हाजिर गरे, तर बोलेनन्

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६



  • Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

    काठमाडौ । संसदको संसदीय समितिमा बुधबार पहिलो पटक नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका छन्। प्रतिनिधि सभाको बिकास तथा प्रविधि समितिमा बुधबार बिहान देउवा अचानक पुगेका थिए।

    समितिको बुधबारको ३५ औं बैठकमा पहिलो पटक देउवा देखिएका थिए। समिति सभापति कल्याणीकुमारी खड्काले देउवा पहिलो पटक समितिमा आएर केहीबेर बसेको बताएकी छिन्। हाजिर मात्र गरेर निस्किएका देउवाले बैठकलाई सम्वोधन भने भने गरेनन्

    बुधबार बिहान नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाइएको थियो । बैठकमा गएका बेला एकैछिन भए पनि समितिमा उपस्थिती जनाएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रहेका  पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एकपटक मात्र समितिको बैठकमा उपस्थित भएका थिए।

    ‘मिनी संसद’ रुपमा चिनिएको संसदीय समितिको बैठकमा प्रायजसो प्रमुख नेताहरु सहभागी हुने गरेका छैनन्। अर्थ समितिका सदस्य पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य रहेका पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल भने प्रायजसो समितिमा उपस्थित हुने गरेका छन्।

    जुनसुकै विधेयकमाथि पनि प्रशस्तै छलफल गरिने समितिलाई नेताहरुले आफू व्यस्त हुने गरेको भन्दै वेवास्ता गर्दै आएका छन् । प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ वटा र २ वटा संयुक्त समिति रहेका छन् । – नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij