आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आगामी निर्वाचनमा राप्रपा अग्रणी रुपमा उदाउँछ : थापा

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६



  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने बताएका छन्।

    सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाहरुले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिति आएको बताए।

    आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उद्देश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामूनि गोलवद्ध हुन आग्रह समेत गरे।

    विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिए। भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत पुर्याएर सरकार बनाउन सक्छ भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न बाट कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे।

    बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नको निमित्त अब नअल्मल्लीकन राप्रपाको झण्डामुनी गोलवद्ध हुन उनले सबैमा आग्रह गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij