प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिंसा, निषेधको राजनीति त्याग्न सरकार र नेत्रविक्रम चन्द विप्लव समूहलाई आग्रह गरेको छ।
काठमाडौंमा आइतबार भएको बिस्फोटमा तीन जनाको मृत्यु भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई आग्रह गर्दछौं।’
बम बिस्फोटका घाइतेलाई उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। शान्तिपूर्ण संवादको विकल्प नरहेको भन्दै शर्माले हिंसाले कसैले विजय नहुने उल्लेख गरेका छन्। बम बिस्फोटनमा पर्नेहरु विद्रोही हुन् कि विपक्ष हुन् उनीहरुको जीवन अमूल्य रहेको कांग्रेसको भनाइ छ।
सबै शक्ति विकासमा लाग्नुपर्ने बेला हिंसामा लागेको भन्दै कांग्रेसले चिन्ता जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij